उत्तर कोरियाली नेता किमको स्वास्थ्य गम्भीर, कोमामा भएको दाबी

उत्तर कोरियाली तानाशाह किम जङ उनबारे फेरि एकपटक दुःखद खबर आएको छ । उनी अस्पताल भर्ना भएको र कोममा गएको बताइएको छ । अब उनकी बहिनी किम यो जङले नै उत्तर कोरियाको नेतृत्व सम्हाल्ने तयारी गरेको पनि अन्तर्राष्ट्रिय मिडियामा समाचार आएका छन् । 

दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डेई जङका एक पूर्वसहयोगी चाङ सङ मिनले उत्तर कोरियाली नेता किम कोममा गएको भन्दै सामाजिक सन्जालमा लेखेका छन् । उनका अनुसार किम कोमामा नै भएकाले दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्धबारे काम गर्न उनकी बहिनीलाई जिम्मेवारी दिइएको हो ।

चाङ साङका अनुसार उत्तर कोरियामा अहिलेसम्म कुनै पनि नेताले गम्भीर बिरामी नभएसम्म आफ्नो जिम्मेवारी अरुलाई सुम्पिने गरेका छैनन् । कोरिया हेराल्डलाई एक अन्तर्वार्ता दिँदै चाङले अहिले किम कोमामा भए पनि उनको मृत्यु चाहिँ नभइसकेको दाबीसमेत गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार ११:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया