किम बैठकमा देखिए, कोमामा भएको हल्ला अड्कलबाजीमात्र

उत्तर कोरियाली तानाशाह किम जङ उन कोमामा गएको भन्दै प्रकाशन भएका समाचारहरु अब निराधार भएको पुष्टि भएको छ । यसअघि केही मिडियाहरुले उनी कोमामा गएको मात्र होइन, उनको निधन भइसकेको भन्दै समाचार प्रकाशन पनि गरेका थिए । 

अब यी सबै अड्कलबाजी मात्र भएको प्रमाणित किन भएको छ भने किमले आफ्ना पार्टी सदस्यहरुसँग एक आपतकालीन बैठक गरेका छन् । 

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले किमको यो नयाँ तस्वीर पनि सार्वजनिक गरेको छ । यसमा उनी स्वस्थ्य भएको र बैठकको अध्यक्षता गरेको देखिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार यो ताजा तस्वीर हो र यसमा उनले बाढी र कोरोनासँग सम्बन्धित छलफल आफ्ना पार्टी सदस्यहरुसँग गरेको बताइएको छ ।

यसअघि अमेरिकी सैन्य अधिकारी तथा दक्षिण कोरियाली जासुसी संस्थाले अप्रिलबाट नै किम कोमामा भएको दाबी गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ८:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया