सावित्रा करिब एक वर्ष मैदान बाहिर रहने

नेपाली राष्ट्रिय महिला टिम तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी (सम्बा)  करिब १ वर्ष मैदान बाहिर रहने भएकी छन् ।

राजधानीमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो उक्त चोट गम्भीर देखिएपछि उनी लामो समय मैदान बाहिर रहने पक्का भएको हो । 

पुलिस विरुद्धको खेलमा ल्यान्डिङ नमिल्दा उनको दायाँ घुँडामा चोट लागेको थियो । चोटका कारण सावित्राले ७९ औं मिनेटमा मैदान छाडेकी थिइन् । 

चोटपछि बी एन्ड बी अस्पतालमा गरिएको एमआरआई रिपोर्टमा घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको देखिएको थियो । जसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । 

लिग उपाधि नजिक पुगेको एपिएफलाई सावित्राको अनुपस्थितिले निकै असर गर्ने देखिन्छ । 

सावित्राकै उच्च प्रदर्शनमा एपएफले विजयी यात्रालाई १० औं खेलसम्म पनि जारी राख्न सफल भएको छ । उनले १० खेलमा ४३ गोल गरिसकेकी छन् ।



उसले बुधबार विराटनगर महानगरपालिकासँग खेल्दै छ । यो खेलमा जित वा बराबरीको नतिजाले एपिएफलाई विजेता बनाउने छ । एपिएफले लिगको अन्तिम खेल शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।



  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १४:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया