गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यस पटक ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको हो ।
बिहीबार मूल्याङ्कन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मूल्याङ्कनमा गुल्मीलाई देश भरीका जिल्ला प्रशासन कार्यालयहरू मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गरेर वर्षैपिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।
सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरू लाई मूल्याङ्कनलाई आधार मानी प्रत्येक वर्ष प्रतिवेदन तयार गर्दै आएको छ ।
जसअनुसार ९७ प्रतिशत अङ्कसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासी पूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन् भने रुकुम पश्चिम प्रशासन ९६.५ सहित चौथो नम्बरमा परेको छ ।
यसै गरी, हुम्ला जिल्ला प्रशासन पाँचौँ नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अङ्क नै पाएको डडेलधुरा पनि पाँचौँ स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।