राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा भारतीय टोलीमा अनुबन्ध

विभागीय टोली नेपाल पुलिस क्लब तथा राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छन् ।

मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी हुन् । उनि प्रतियोगिताका लागि आज दिउँसो १:२५ मा भारत प्रस्थान गर्ने छन् ।

उनले खेल्ने केरेला महिला लिग आजबाट सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन् ।

दीपा आबद्द डन बस्कोले आफ्नो पहिलो खेलमा भोलि लर्ड्स पिआरविरुद्ध खेल्नेछ । केरेला लिगको विजेता टोली महिला आई लिगका लागि छनोट हुनेछ।

केरेला  महिला लिगको पछिल्लो संस्करणमा डन बस्को दोस्रो स्थानमा रहेको थियो थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ११:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया