गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका–१ पौदीकी ७९ वर्षकी सेतीदेवी पछाईंको शव शनिबार बिहान फेलापरेको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ । 

जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । 

पौदी अमराइमा भाइको घरमा बस्दै आएकी एकल महिला पछाई एक हप्तादेखि हराएकी थिइन् । उनका छोराछोरी थिएनन् ।

पछाईको मृत्युबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २०:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया