किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा !

नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसान र प्रेम आले पनि राष्ट्रपति कार्यालय पुगेका छन् । 

एकीकृत समाजवादीले सरकारमा नजाने निर्णय गरेको छ । तर, सोही पार्टीका सांसदहरू किसान श्रेष्ठ र प्रेम आले भने राष्ट्रपति कार्यालय पुगेका छन् ।

एकीकृत समाजवादीको बैठकले एमालेसँग गठबन्धन नगर्ने निर्णय गरे पनि श्रेष्ठ र आलेको राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेस गरिसकेका छन्। 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १७:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया