सांसदको शपथ लिँदै आले र राई

४ मंसिरको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले आज शपथग्रहण गर्दैछन् । संघीय संसद् सचिवालयका अनुसार उनीहरूले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा सांसदको सपथग्रहण गर्न लागेका हुन् ।

गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले ७ पुसमा शपथ लिन सकेका थिएनन् ।  

उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।   





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार ११:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया