सांसदद्वय आले र राईले लिए शपथ

नेपाली कांग्रेसकी सांसद माया राई र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मंगलबार मध्यान्ह साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानुन समितिको हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन् । 

सांसद आलेले आफ्नो आमाको निधन भएकाले शपथ लिन पाएका थिएनन् । त्यस्तै, सांसद राई सुत्केरी भएका कारण शपथ लिन छुटेकी थिइन् ।   





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १३:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया