एसियन कप छनोटका लागि नेपालको टोली घोषणा

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक यम गुरुङले शुक्रबार एसियन कप छनोटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपाल छनोटको पहिलो चरणमा समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा यूएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेका छन् । यो समूहको छनोट खेल प्यालेस्टाइनमा हुनेछन् ।   

पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ । नेपालले पहिलो खेलमा ८ मार्चमा प्यालेस्टाइनको सामना गर्नेछ । छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । 

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

नेपाली टोली : 



गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ



मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार ८:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया