ओखलढुंगामा जिप दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते

ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  

जिल्लाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आज बिहान यात्रुवाहक बोलेरो जिप दुर्घटना घटनास्थलमै दुईजनाको मृत्यु भएको हो । 

सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १०:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया