गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

गुल्मीको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । 

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । लोगो सामूहिक रुपमा भने बनाउन पाइने छैन ।

लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, गाउँपालिकाको पहिचान, विशेषता, भावलगायत विषय उल्लेख हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनुपर्नेछ । 

छनोट समितिले उत्कृष्ट लोगो छनोट गरी छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार २०:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया