विद्युत प्राधिकरणको कार्यशैली प्रति उद्योगीको आपत्ति

विद्युत प्राधिकरणको कार्यशैली प्रति उद्योगीले आपत्ति जनाएका छन् । विद्युत कटौतीको उनीहरूले विरोध गरेका हुन् ।

प्राधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको भए पनि त्यस बाहेक अन्य समयमा पनि विद्युत कटौती हुने गरेको उद्योगीको गुनासो छ ।

विद्युत प्राधिकरण दुहबी ग्रिडमा धर्ना दिँदै व्यवसायीहरूले नियमित बिजुली दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न माग पनि गरेका छन् । आइतबार मोरङ व्यापार संघको अगुवाइमा उद्योगीहरूले विरोध जनाएका हुन् । 

समय-समयमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको उनीहरूको गुनासो छ । उद्योगी व्यवसायीले आफ्ना समस्या उल्लेख गर्दै दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।  





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १६:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया