रायो भालेकानोसँग हार्‍यो बार्सिलोना

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले रायो भालेकानोसँग हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा ऊ रायो भालेकानोको मैदानमा २–१ ले पराजित भएको हो ।

खेलमा भालेकानोलाई १९ औँ मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै अग्रता दिलाए । फ्रान गार्सियाले ५३ औँ मिनेटमा गोल गर्दै दोब्बरको अग्रता दिलाए । 

८३ औँ मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काए । जारी लिगमा उनको यो १८ औँ गोल हो ।  

ला लिगामा २६ फेब्रुअरीपछि बार्साको यो पहिलो हार हो । पराजयपछि पनि ऊ उपाधिको बलियो दाबेदारको रूपमा रहेको छ । 

शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिड ११ अंकले पछि छ ।  

रायो भालेकानो ४३ अंकका साथ नवौँ स्थानमा उक्लिएको छ ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार ७:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया