बार्सिलोनाले चार खेल अगावै जित्यो ला लिगा उपाधि

स्पेनिस ला लिगाको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा स्पानियोललाई ४–२ गोलले हराउँदै चार खेल अगावै बार्सिलोनाले उपाधि जितेको हो । 

आरसिडिई स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, एलेक्स बाल्डे र जुल्स कुन्डेले १–१ गोल गरे । स्पान्योलका लागि जेभिएर पुएडो र जोसेलुले १–१ गोल फर्काए ।  

खेलको ११ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । २० औँ मिनेटमा बाल्डेले पेड्रीको गोलमा बार्सिलोना २–० ले अघि बढ्यो । 

४० औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ५३ औँ मिनेटमा जुल्स कुन्डेले गोल गरेपछि बार्सिलोनाले ४–० को अग्रता पायो । 

७३ औँ मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । इन्ज्युरीमा जोसेलुले गोल गरे पनि स्पानियोल ४–२ ले पराजित भयो । 

यो जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अगाडि छ । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंकका साथ १९ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ६:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया