मर्जरमा जान चाहने क्याम्पसलाई त्रिविको आह्वान- असारभित्र निवेदन दिनू

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्म निवेदन दिन आग्रह गरेको छ । त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरूलाई असार मसान्तसम्म निवेदन दिन आग्रह गरेको हो ।  

नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरूपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्नुपर्नेछ ।    

समायोजनबापत कुनै शुल्क नलाग्ने त्रिविले स्पष्ट पारेको छ। मर्ज हुन चाहने क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरू, नवीकरण पत्रहरू र अक्षय कोषको रसिदको प्रतिलिपि बुझाउनुपर्ने त्रिविले जनाएको छ ।  

त्रिविबाटै सम्बन्धन पाएका सबैभन्दा धेरै आंगिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४ सय ४० अंगिक, सामुदायिक र निजी क्याम्पस सञ्चालन छन् । 

तीमध्ये ३ सय निजी, २ सय १८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १ सयभन्दा थोरै विद्यार्थी अध्ययनरत छन् । १४ सय ४० क्याम्पसमध्ये ६५ प्रतिशतभन्दा बढी मुस्किलले चल्दै आएका छन् ।    





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार १०:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया