मेस्सी चम्किँदा मायमी लिग्स कपको अन्तिम १६ मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इन्टर मायमी लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ । ओर्लान्डो सिटीलाई ३–१ गोल अन्तरले हराउँदै मायमी अन्तिम १६ मा प्रवेश गरेको हो । 

मायमीको जितमा कप्तान लिओनल मेस्सीले २ र जोसे मार्टिनेजले १ गोल गरे । ओर्लान्डोका लागि सेजार अराउजोले बराबरी गोल फर्काए ।   

खेलको सातौं मिनेटमा मेस्सीले इन्टरलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा सेजार अराउजोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।  दोस्रो हाफको सुरुवातमा जोसे मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मायमीलाई २–१ ले अघि बढाए ।  

७२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै मायमीलाई ३–१ ले जित दिलाए । जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो । अब मायमीले क्वाटरफाइनल प्रवेशका लागि एफसी डालाससँग खेल्नेछ । 





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १०:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया