मेस्सीको उत्कृष्ट प्रदर्शनमा मायमी लिग्स कपको क्वाटरफाइनलमा

इन्टर मायमी अमेरिकाको लिग्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको अन्तिम १६ को खेलमा एफसी डालासलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै मायमी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

खेलको निर्धारित समया ४–४ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा मायमीका लागि कप्तान लिओनल मेसी, सर्जियो बुस्केट, कम्पाना, कमल मिलर र बेन्जामिन क्रेमस्चीले गोल गरे ।

डालासका लागि पाउल अरिओला, क्विङनोन र जेसस फेरिएराले मात्र गोल गर्न सके । दोस्रो पेनाल्टी हानेका पोमिकलको प्रहार आकासिएको थियो । 

त्यसअघि मेसीले खेलको छैटौँ मिनेटमा गोल गर्दै मायमीलाई सुरुआती अग्रता दिलाए । उनले अग्रता दिलाएपछि डालासले तीन ३ गर्दै खेलमा अग्रता लियो । उसका लागि क्विङनोनले ३७औँ मिनेटमा बराबरी गोल गर्दा ४५औँ मिनेटमा बर्नान्ड कमोङगोले दोस्रो गोल गरे ।

६३औँ मिनेटमा एलन भेलास्कोकले तेस्रो गोल गरेपछि डालास ३–१ को अग्रता पायो । तर, ६५औँ मिनेटमा मायमीका क्रेमास्चीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । ६८औँ मिनेटमा मायमीका रोबर्ट टेलरले आफ्नै पोस्टमा बल छिराउँदा डालासले ४–२ को अग्रता लियो ।



८०औँ मिनेटमा डालासका मार्को फर्फनले पनि आत्मघाती गोल गरेपछि खेल ४–३ को स्थितिमा आयो । 



८५औँ मिनेटमा मेस्सीले मायमीका लागि बराबरी गोल गर्न सफल भए । उनले व्यक्तिगत दोस्रो तथा मायमीका लागि चौथो गोल फ्रिकिकमार्फत गरेका हुन् ।

मेस्सीले मायमीका लागि ४ खेलमा ७ गोल गरिसकेका छन् । उनले पछिल्लो तीन खेलमा दुई/दुई गोल गरेका छन् । अब मायमीले क्वार्टरफाइनलमा ह्युस्टन डाइनामो र चार्लोट एफसीबीचको विजेताको सामना गर्नेछ ।  

  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १२:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया