उच्च लयमा मेस्सी, ५ खेलमा गरे ८ गोल

अर्जेन्टिनी लोकप्रिय फुटबलर लियोनल मेस्सी हाल पनि उच्च लयमै छन् । अहिले अमेरिकाको मेजर सकर लिग क्बल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका उनले पछिल्लो ५ खेल खेल्दा ८ गोल गरिसकेका छन् ।

मेस्सी जारी लिग कपमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् । 

उनकै सानदार प्रदर्शनमा मियामीले लगातार ५ खेल जितेको छ । मियामीलाई लिग कपको सेमिफाइनलमा पुर्याउन ३६ वर्षीय मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । अब फाइनल प्रवेश गर्न मियामीले बुधबार बिहान फिलाडेल्फिया युनियनको सामना गर्नेछ ।

यदि मियामी फाइनल प्रवेश गरेमा पहिलो सिजन नै स्मरणयोग्य बनाउने मेस्सीको लक्ष्य पूरा हुनेछ । उनी यही सिजनमा पिएसजीबाट बिदा भएर मियामीमा अनुबन्धित भएका थिए ।



साउदी अरेबियाको अल हिलालको मोटो पारिश्रमिकलाई बेवास्ता गर्दै मेस्सी करियरको अन्त्यमा अमेरिकन क्लबमा जोडिन पुगे । सातपटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका मेस्सीले पहिलोपटक युरोप बाहिर व्यावसायिक फुटबल खेलिरहेका हुन् । 



  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ९:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया