मेस्सीले डेब्यू सिजनमै मियामीलाई बनाए च्याम्पियन [तस्बिरहरू]
तस्बिर : एएफपी

अमेरिकाको लिग्स कपको इन्टर मियमीले उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा नाश्भिल एससीलाई सडन डेथमा १०–९ गोलले हराउँदै लिग्सले उपाधि जितेको हो । मियामीले पहिलोपटक लिग्स कपको ट्रफी उचालेको हो । मियामीलाई पहिलोपल्ट च्याम्पियन बनाउन यही सिजनमा कप्तान लियोनल मेस्सीको भूमिका अहम् रह्यो । उनले प्रतियोगिताको सात खेलमा १० गोल गरे ।

मेस्सीले आफ्नो डेब्यू सिजनमै सानदार प्रदर्शन गर्दै मियामीलाई उपाधि दिलाउन सफल भए । योसँगै उनले सर्वाधिक उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाए । मेस्सीले अहिलेसम्म ४४ वटा उपाधि जितेका छन् । उनले बार्सिलोनाबाट ३५, अर्जेन्टिनाबाट ५, पिएसजीबाट ३ र मियामीबाट एकपटक उपाधि जितेका हुन् ।

तस्बिरमा च्याम्पियन मियामी :






 

  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १२:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया