एमएलएसमा मेस्सीले डेब्यू खेलमै गरे गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले मेजर लिग सकर (एमएलएस) मा डेब्यू खेलमै गोल गरेका छन् । इन्टर मियामीमा आवद्ध मेस्सीले एमएलएसको डेब्यू खेलमा न्यू योर्क रेड बुल्सविरुद्ध गोल गरेका हुन् ।

उनकै गोलको मद्दतमा मियामीले न्यूयोर्कलाई २-० गोलले हरायो । गएराति सम्पन्न खेलमा मेस्सी ६०औँ मिनेटमा मैदान छिरेका थिए ।

उनले निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि टोलीका लागि गोल गरेका हुन् । उनले जोर्डी अल्बाको कलात्मक पासमा गोल गरे । 

अल्बा र मेस्सीले लामो समय बार्सिलोनाबाट एकसाथ व्यावसायिक फुटबल खेलेका थिए । मियामीले पहिलो हाफमै अग्रता लिएको थियो ।

उसका लागि पहिलो गोल ३७औँ मिनेटमा डिएगो गोमेजले गरे । यो जितसँगै मियामी २३ खेलमा २१ अंक जोड्दै १४ औँ स्थानमा उक्लिएको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १०:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया