गोलको वर्षा भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बार्सिलोनाले स्पेनिस लिगमा भिल्ला रियललाई ४–३ ले हराएको छ । बार्सिलोनाको जितमा जाभी, फ्रेन्क डि जोङ, फेरान टोरेस र रोबर्ट लेवान्डोस्कीले १–१ गोल गरे । 

रियलका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले समान १ गोल फर्काए । खेलको १२औँ मिनेटमा गाभीले बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । उनले लामीन यमालको पासमा हेडमार्फत गोल गरेका थिए ।   

१५औँ मिनेटमा फ्रेन्की डी यङले बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले रोबर्ट लेवान्डोस्कीको पास गोल गरेका थिए । २६औँ मिनेट भिल्ला रियलका जुआन फोइथले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।   

४०औं मिनेटमा सरलठले गोल गर्दै खेल २–२ को स्थितिमा आयो ।

खेलको ५०औँ मिनेटमा बाएनाले गोल गर्दै भिल्ला रियललाई ३–२ को अग्रता दिलाए । ६८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई ३–३ मा ल्याए ।   



७१औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४–३ को जित दिलाए । बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अंक जोडेको छ । 

ऊ शीर्ष स्थानको रियल मड्रिडभन्दा दुई अंकले पछि परेको छ । पराजित भिल्ला रियल एक जित र दुई हारमा तीन अंकसहित १३औँ स्थानमा रहेको छ ।   



  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार ८:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया