पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्यो, तीन जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला ढुंगा खसेको छ । 

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिपमा सवार आठ जनामध्ये केहीलाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गए पनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।  
 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १०:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया