मेस्सीको उत्कृष्ट प्रदर्शनमा मियामीको सानदार जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले सानदार जित निकालेको छ । सोमबार बिहान भएको खेलमा मियामीले लस एन्जल्सविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो ।      

मियामीको जितमा फाकुन्नो, जोर्डी अल्बा र कम्पोनाले समान एक गोल गरे । 

लस एन्जल्सका लागि रायन होलिङ्सहेडले एक गोल फर्काए । ​१४औं मिनेटमा फाकुन्नोको गोलमा मियामीले अग्रता लियो ।

यस्तै, कप्तान लियोनल मेस्सीको असिस्सटमा ५१औं मिनेटमा अल्बाले गोल गर्दै अग्रता मियामीको अग्रता दोब्बर पारे । मेस्सीकै पासमा ८३औँ मिनेटमा कम्पोनले गोल गरेपछि मियामीले सानदार जित निकाल्यो ।  

यो जितपछि १४औँ स्थानमा रहेको मियामीले २५ खेलबाट २५ अंक जोडेको छ ।  





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार ११:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया