डोजरको ठक्करबाट ९२ वर्षीय वृद्धको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो । 

रेसुङ्गा–१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्नेक्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए । उनको  घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । 

प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १२:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया