बार्सिलोनाको रोमाञ्चक जित, गुइउले मैदान छिरेको ३३ सेकेन्डमै गरे गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनिस लिगमा बार्सिलोनाले रोमाञ्चक जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा सम्पन्न खेलमा एथलेटिको बिलबाओविरुद्ध बार्सिलोनाको जितमा मार्क गुइउले निर्णायक गोल गरे । उनले डेब्यू खेलमै गोल गरेका हुन् ।

गुइउले ३३ सेकेन्डमा गोल गरेका थिए । उनी ७९ औँ मिनेटमा अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा मैदान छिरेका थिए ।  

योसँगै क्लब इतिहासमा बार्सिलोनाका लागि सबैभन्दा छिटो गोल गर्ने मार्क पहिलो खेलाडी बने । यो जितपछि बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

रियलले पछिल्लो खेलमा सेभिल्लासँग १–१ को बराबरी खेल्दै रोकिएको थियो ।   
 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ७:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया