मेस्सीले आठौँपटक जिते बालोन डि’ओर अवार्ड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले आठौँपटक बालोन डि’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रत्येक वर्ष प्रदान गर्दै आएको विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड यसपटक मेस्सीले जितेका हुन् । 

यसअघि उनले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए । मेस्सीले म्यानचेस्टर सिटी एर्लिङ हालान्डलाई पछि पार्दै बालोन डि’ओर अवार्ड जित्न सफल भए ।

गत वर्षको डिसेम्बरमा उनको कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको थियो । सो विश्वकपमा मेस्सीले सानदार प्रदर्शन गरेका थिए । उनले सो विश्वकपमा सात गोल गरे । मेस्सी ‘उत्कृष्ट खेलाडी’ समेत घोषित भएका थिए ।

मेस्सीले बालोन डि’ओर अवधिभर ३८ गोल र २५ असिस्ट प्रदान गरेका थिए । महिलातर्फको बालोन डि’ओर स्पेनकी खेलाडी आइटाना बोनमाटीले जितेकी छन् ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार ७:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया