अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, हेमन्तले लिए लगातार दुई विकेट
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । 

नेपाललाई दोस्रो र तेस्रो सफलता हेमन्त धामीले दिलाए । उनले ३.२ ओभरमा खालिद तानिवाललाई १० र यही ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजाई शून्यमै बोल्ड गरे ।   

नेपाललाई सफलता अलराउन्डर गुलशन झाले दिलाए । उनले १.५ ओभरमा वफीउल्लाह तराखिललाई १५ रनमा क्याच आउट गराए । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज स्पिनर तिलकराज भण्डारी र विशाल विक्रम केसीलाई विश्राम दिएर हेमन्त धामी र दीपक बोहरालाई मौका दिएको हो । दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा पाकिस्तान तथा अफगानिस्तानले भारतसँग समान ७ विकेटको हार बेहोरेका थिए ।  

दोस्रो खेलमा भने नेपाल र अफगानिस्तान उत्कृष्ट कमब्याक गर्न चाहन्छन् । पहिलो खेलमा नेपालले बलिङमा राम्रो सुरुवात गरे पनि ब्याटिङमा भने लय भेट्टाउन सकेन । 

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, दीपक बोहरा, आकाश त्रिपाठी, गुलशन झा, देव खनाल (कप्तान), दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया