अफगानिस्तानको पाँचौं विकेट पतन, सुवासलाई पहिलो सफलता
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता सुवास भण्डारीले दिलाए । उनले ४१.४ ओभरमा नौमान आघालाई ६० रनका क्याच आउट गराए । 

अफगानिस्तानको चौथो दीपेश कँडेलले लिएका थिए । उनले २७ ओभरको अन्तिम बलमा रहिमुल्लाह जुर्मतीलाई ३५ रनमा क्याच आउट गराए ।

नेपाललाई दोस्रो र तेस्रो सफलता हेमन्त धामीले दिलाए । उनले ३.२ ओभरमा खालिद तानिवाललाई १० र यही ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजाई शून्यमै बोल्ड गरे ।   

नेपाललाई सफलता अलराउन्डर गुलशन झाले दिलाए । उनले १.५ ओभरमा वफीउल्लाह तराखिललाई १५ रनमा क्याच आउट गराए ।

दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले यो समाचार तयार पार्दासम्म ४२ ओभरमा ५ विकेट गुमाएर २ सय १३ रन बनाएको छ । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज स्पिनर तिलकराज भण्डारी र विशाल विक्रम केसीलाई विश्राम दिएर हेमन्त धामी र दीपक बोहरालाई मौका दिएको हो । दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा पाकिस्तान तथा अफगानिस्तानले भारतसँग समान ७ विकेटको हार बेहोरेका थिए ।   



नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, दीपक बोहरा, आकाश त्रिपाठी, गुलशन झा, देव खनाल (कप्तान), दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।



  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १४:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया