यू–१९ एसिया कप : भारतविरुद्ध नेपाललाई ब्याटिङको निम्तो
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र भारतबीचको खेल ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुँदैछ । 

सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ । यस्तै, नेपाल सेमिफाइनल पुग्न पाकिस्तानले अफगानिस्तानविरुद्ध पनि उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ ।

नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ । यदि नेपालसँग हार बेहोरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो । अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ११:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया