भारतविरुद्ध नेपालको खराब सुरुवात, अर्जुन पनि सस्तैमा आउट
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले सस्तैमा तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाएको हो ।

उनी ७.३ ओभरमा आराध्या शुक्लाको बलमा व्यक्तिगत ७ रनमा​ क्याच आउट हुन पुगे । नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो । उनी ६.२ ओभरमा राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए ।

नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक रनमै गुमाउन पुग्यो । उनी ४.१ ओभरमा लिम्बानीको बलमा विकेटकिपरबाट क्याच आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दिपक बोहरा र दीपकप्रसाद डुम्रेलाई मौका दिएको हो । यी दुवै खेलाडीले पहिलो खेल खेलिरहेका हुन् । सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ । 

यस्तै, नेपाल सेमिफाइनल पुग्न पाकिस्तानले अफगानिस्तानविरुद्ध पनि उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ । नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ ।

यदि नेपालसँग हार बेहोरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो ।



अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो ।



  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १२:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया