अफगानिस्तानविरुद्ध पाकिस्तानको उत्कृष्ट ब्याटिङ, १६ ओभरमा बनायो ११४ रन

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध पाकिस्तानले सानदार ब्याटिङ गरेको छ ।

दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले १६ओभरमा बिनाविकेट १ सय १४ बनाएको छ । उसका लागि शाह जैब खान (२३) र शमिल हुसेन (७५) रहेका छन् ।  

जारी प्रतियोगितामा पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । उसले पहिलोमा नेपाललाई तथा दोस्रो खेलमा भारतलाई हराएको थियो । अफगानिस्तान भने सेमिफाइनल पुग्न आज जित्नैपर्ने दबाबमा छ । नेपाल भने सेमिफाइनल दौडबाट लगभग बाहिरिसकेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १२:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया