भारतसँग नेपाल १० विकेटले पराजित, सेमिफाइनल सम्भावना समाप्त

नेपाल यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइल दौडबाट बाहिरिएको छ ।

मंगलबार भारतसँगको खेलमा १० विकेटको हार बेहोरेसँगै नेपालको सेमिफाइनल दौडबाट बाहिरिएको हो । यो जितपछि भारतको सेमिफाइनल सम्भावना भने बलियो बनेको छ ।

आफ्नो तेस्रो खेलमा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा बिनाविकेट पूरा गर्‍यो । उसका लागि अर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले अविजित १३ रन बनाए ।  

त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

हेमन्त धामीको ८ रन नै नेपाली ब्याटरको उच्च स्कोर रह्यो । भारतका लागि राज लिम्बानीले सात, आराध्या शुक्लाले दुई र अर्शिन कुलकर्णीले एक विकेट लिए ।   

नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः पाकिस्तानसँग ७ विकेट तथा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । यस्तै, भारतले अफगानिस्तानलाई ७ विकेटले हराउँदा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।  





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १४:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया