अर्थतन्त्र बलियो बनाउन हस्तकलाको योगदान उल्लेखनीय : उद्योगमन्त्री रिजाल
फाइल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

उनले हस्तकलाका वस्तुहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए । मन्त्री रिजालले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे ।  

उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रूपमा सम्बोधन गरेको उल्लेख गरे ।    





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया