यू–१९ एसिया कप : उपाधिका लागि बंगलादेश र यूएई भिड्दै, दुवै टिमलाई इतिहास रच्ने मौका

दशौँ संस्करणको एसिसी यू–१९ एसिया कपको उपाधिका लागि आज आयोजक यूएईले बंगलादेशको सामना गर्दैछ । यी दुई टिमबीचको फाइनल भिडन्त बिहान ११ः१५ देखि दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

सेमिफाइनलमा बंगलादेशले भारतलाई तथा यूएईले पाकिस्तानलाई स्तब्ध पारेपछि यी दुई टिमबीचको भेट फाइनलमा भएको हो । हालसम्म बंगलादेश र यूएईले एसिया कपको उपाधि जित्न सकेका छैनन् । यूएई पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । 

बंगलादेश सन् २०१९ को संस्करणमा फाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज दुवै टिम पहिलोपटक उपाधि जित्दै इतिहास रच्न चाहन्छन् । नेपाल भने यसपटक पनि समूह चरणबाटै बाहिरियो । 

नेपालले समूह चरणमा पाकिस्तानसँग ७ विकेट, अफगानिस्तानसँग ७३ रन तथा भारतविरुद्ध १० विकेटको हार बेहोरेको थियो ।   
 





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ८:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया