गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६ सय पुग्यो

इजरायल–हमासबीच द्वन्द्व सुरू भएदेखि गाजापट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६ सय पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएअनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ । यस्तै, २९६ जना घाइते भएका छन् ।

गत ७ अक्टोबरयता इजरायलले हमासको अप्रत्याशित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही सुरु गरेदेखि २२ हजार ६ सय जनाको मृत्यु भएको छ । यस्तै, ५७ हजार ९१० जना घाइते भएका छन् । 

यसैबीच इजरायलले शुक्रबार ‘मानवीय कारणका लागि’ भन्दै गाजा पट्टीको रफाह सहरको तेल अल–सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने जनाएको छ ।  





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार २२:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया