चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटना बढ्दै

चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटना बढ्न थालेका छन् । शुक्रबार बंगलादेशको बेनापोल क्षेत्रमा बेनापोल एक्सप्रेसको चारवटा डिब्बामा आगलागी भएको छ ।

घटनामा चारजनाको मृत्यु भएको छ । रेल आफ्नो गन्तव्यमा पुग्न लाग्दा राजधानी ढाकाको कमलपुर रेलवे स्टेसनमा रेलमा आगलागी भएको थियो ।

बंगलादेशमा भएको रेलवेमा भएको आगलागीलाई सुनियोजित भन्दै घटनाको संयुक्त राष्ट्रसंघको निगरानीमा छानबिन गर्न प्रमुख विपक्षी दल बिएनपी (बंगलादेश नेसनलिस्ट पार्टी)ले माग गरेको छ ।

बिएनपीका वरिष्ठ नेता रुहुल कविर रिजवीले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले रेलमा केही बदमासले आगजनी गरेको घटना हृदयविदारक रहेको बताए ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मारिएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाको तत्काल उपचार गर्न निर्देशनसमेत दिएकी छन् । 

बंगलादेशमा आइतबार आम निर्वाचन हुँदै छ । यो निर्वाचनको अनुगमन गर्न एक सयभन्दा बढी विदेशी पर्यवेक्षक ढाका पुगेका छन् । अवामी लिगले बिएनपीमाथि हिंसा फैलाएको आरोप लगाएको छ । 



शुक्रबार पनि खुल्नामा एक विद्यालयमा आगजनी भएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । हालै एक यात्रु बसमा पनि आगजनी भएको थियो ।

बंगलादेशको प्रमुख विपक्षी दल बिएनपी र अन्य विपक्षी दलहरूले चुनाव बहिष्कारको घोषणा गरेका छन् । विपक्षी दलले निर्वाचनअघि कामचलाउ सरकार गठन गरी त्यसको निगरानीमा निष्पक्ष निर्वाचन हुनुपर्ने माग राखेका छन् । 



शेख हसिना नेतृत्वको अवामी लिग पार्टीको सरकारले भने विपक्षीको मागलाई अस्वीकार गरेको छ । यस्तो अवस्थामा बंगलादेशको चुनावमा हिंसा हुने सम्भावना छ र सारा विश्वको नजर त्यसमा छ । शुक्रबारको घटनालाई पनि यसैसँग जोडिएको छ ।

  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २०:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया