साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

एएफसी एसियन कप फुटबलमा साउदी अरेबियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘एफ’ मा रहेको लगातार दुई खेलमा जित निकाल्दै एक खेल अगाडि साउदी अरेबियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

गएराति भएको खेलमा साउदीले कीर्गिस्तानलाई २–० गोल अन्तरले पराजित गर्‍याे । साउदीको जितमा मोहमद इब्राहिम कान्नो र फैजल अल घमाडीले एक/एक गोल गरे ।

कतारमा जारी प्रतियोगिताअन्तर्गत नवौं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सीमित भएको थियो । उसका ऐजर अकमातोवले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । १० खेलाडीमा सीमित साउदीले खेलको ३५ औं मिनेटमा मोहम्मदले साउद अब्दुल्लाह हमिदको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा फेरि कीर्गिस खेलाडी किमी मेर्कले रातो कार्ड पाए । ९ खेलाडीमा झरे पनि कीर्गिस्तानविरुद्ध साउदीले दोस्रो गोल गर्न भने ८४ औं मिनेट कुर्नु परेको थियो । 

साउदीका फैजल घमाडीले गोल गरेपछि २–० को जितका साथ अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । यही समूहमा रहेका ओमान र थाइल्याण्डले भने गोलरहित बराबरी खेल्दै एक/एक अंक लिएका छन् । 

ओमानले पहिलो अंक लिँदा थाइल्याण्ड भने अपराजित यात्रा कायम राख्न सफल भयो । यस लिगमा साउदी अरेविया ६ अंकका साथ शीर्ष स्थानमा रहँदा थाइल्याण्ड ४ अंकका साथ दोस्रो स्थानमा छ । 



यसैगरी ओमानको १ अंकमात्रै छ भने कीर्गिस्तानले खाता खोलेको छैन । समूह चरणको अन्तिम खेलमा कीर्गिस्तान र ओमान तथा साउदी र थाइल्याण्ड भिड्नेछन् । 




  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया