जिरोना फेरि ला लिगाको शीर्ष स्थानमा

स्पेनिस ला–लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाविरुद्ध ५–१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो । 

केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो । जिरोनाले सेभियाविरुद्ध पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरे । दशौँ मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १३ औं मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे । 

१५ औं मिनेटमा अर्टिमले दोस्रो तथा १९ औं मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३–१ ले अघि बढेको थियो । अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए । 

५६ औं मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४–१ ले अघि बढेको थियो भने ८९ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५–१ को शानदार जित दिलाए । 

जितसँगै जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ । पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औं स्थानमा छ । 

यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ । तर, उसले एक खेल कम पनि खेलेको छ ।  






  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ९:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया