थेम्बाको ह्याट्रिकमा नामिबियाविरुद्ध दक्षिण अफ्रिकाको सानदार जित

अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा नामिबियाविरुद्ध ४–० को एकतर्फी जित निकालेको हो ।

दक्षिण अफ्रिकाको जितमा थेम्बा ज्वानेले ह्याट्रिक गरे । यस्तै, पेर्सी टाओले एक गोल थपे । गएराति सम्पन्न खेलमा १४ औं मिनेटमा पेर्सीले पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाए । 

२५ औं मिनेटमा थेम्बाले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा थेम्बाले दोस्रो गोल गर्दा दक्षिण अफ्रिका पहिलो हाफमा ३–० को सहज अवस्थामा पुगेको थियो ।

थेम्बाले ७५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा ४–० को सहज जित निकाल्न सफल भयो । समूह ‘इ’ मा यो जितपछि दक्षिण अफ्रिका ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।  

माली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा नामिबियाको पनि ३ अंक रहेको छ । यसैगरी ट्युनेसियाको १ अंकमात्रै छ ।  समूह ‘एफ’ अन्तर्गत आइतबारका दुवै खेल बराबरीमा टुंगिएका छन् । मोरक्को र कंगो तथा जाम्बिाया र तान्जेनियाले एक एक गोलको बराबरी खेल्दै तालिकामा एक/एक अंक थपेका हुन् ।  



यो समूहमा मोरक्को ४ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, कंगो र जाम्बिाया दुई/दुई अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । तान्जेनियाले भने एक अंक मात्र जोडेको छ ।   




  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया