रियल मड्रिडको सानदार पुनरागमन जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा अल्मेरियासँग २ गोलले पछि परेको रियलले ३–२ को जित निकालेको हो ।  

घरेलु मैदानमा रियल खेल सुरु भएको पहिलो मिनेटमै पछि परेको थियो । अल्मेरियाका लार्जी रमजानीले गोल गेका थिए । ४३ औं मिनेटमा एडगर गोन्जालेजले गोल गरेपछि अल्मेरियाले पहिला हाफमा २–० को अग्रता लिएको थियो ।

अल्मेरियाका खेलाडीले रियल मड्रिडका जोसेलुलाई फल गरेपछि भारमार्फत पेनाल्टी दिइएको थियो । ५७ औं मिनेटमा उक्त पेनाल्टीलाई जुड बेलिङघमले गोलमा परिणत गर्दै अन्तर कम गरेका थिए । ६७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा डेनियल कार्भाजलले गोल गरेपछि अन्ततः रियल मड्रिड ३–२ को जित निकाल्न सफल भयो । जितसँगै रियल मड्रिड ५१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अल्मेरिया भने पुच्छारमा रहेको छ ।  
 






  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ९:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया