प्रिमियर लिगमा लिभरपुलको सानदार जित, शीर्ष स्थानमा ५ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४–० को जित निकालेको हो ।  

लिभरपुलको जितमा नुनेज र जोटाले दुई/दुई गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै लिभरपुलले दोस्रो हाफमा गरेको थियो । 

डर्विन नुनेजले ४९ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुलको गोलको खडेरी तोडेका थिए । डिएगो जोटाले कोडी म्याथेस गाक्पोको पासमा ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा जोटाले कोनर ब्याड्लेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा नुनेजले जोसेफ गोमेजको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सहज र फराकिलो जीत दिलाए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले ५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २१ खेलबाट ४८ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४३ अंक रहेको छ । एएफसी बर्नमाउथ भने २० खेलबाट २५ अंकका साथ १२ औं स्थानमा रहेको छ ।



प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुईपटक अग्रता लिएको वेस्ह्यामले अतिरिक्त समयका पेनाल्टी खान पुग्दा बराबरीमा चित्त बुझायो । 

अतिरिक्त समयमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पनि पाएका थिए । जारी सिजनमा सेफिल्ड पुच्छारमा रहेको छ भने वेस्टह्याम छैटौँ स्थानमा छ । 




  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ८:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया