टोरेसको ह्याट्रिकमा बेटिसविरुद्ध बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित हात पारेको छ । उसले आइतबार राति भएको खेलमा रियल बेटिसविरुद्ध ४–२ गोल अन्तरको जित हात पारेको हो ।  

बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा जाओ फ्लेक्सले १ गोल थपेका थिए । रियल बेटिसका लागि इस्कोले २ गोल गरे । २१ औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४८ औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अगाडि बढेको थियो ।

५६ औँ र ५९ औँ मिनेटमा लगातार इस्कोले २ गोल गरेपछि खेल बराबरीमा आएको थियो । तर, ९० औँ मिनेटमा फ्लेक्सले गोल गर्दै बार्सिलोनलाई ३–२ ले अगाडि बढाए । लगत्तै अतिरिक्त समयमा टोरेसले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–२ को सहज जित निकाल्न भने सफल भयो ।   

बार्सिलोना जारी सिजन ४४ अंकका साथ तालिको तेस्रो स्थानमा छ भने रियल बेटिस नवौं स्थानमा छ ।
 






  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ८:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया