ला लिगामा बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक/एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए । 

खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेँलो कार्ड पाएपछि खेलको ७२ औँ मिनेटमा मैदान छोडे । १० खेलाडीमा सीमित भएको बार्सिलोनाले त्यहीकारण खेलमा कुनै क्षति भने बेहोर्नुपरेन । 

यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२ औँ स्थानमा छ ।
 
 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार ९:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया