‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप खड्का

अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’मा रहेको उनको ‘मैतबहादुर’ लुक्स सार्वजनिक गरिएको छ । 
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत फिल्म हाल छायाङ्कन भइरहेको छ ।

निर्देशक दिनेश राउतले प्रदीपको चरित्र ‘मैतबहादुर’ झल्किने दुई तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्बिरमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् ।

निर्देशक राउतले फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथालाई उठान गरेको जनाउँदै त्यही कथाको एक पात्र प्रदीप रहेको बताए । फिल्मका लेखक विकास सुवेदी हुन् ।

फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय छ । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १७:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया