अदाको ‘बस्तरःद नक्सल स्टोरी’लाई प्रतिबन्धको तयारी

शुक्रबारबाट प्रदर्शनमा आएको निर्देशक सुदिप्तो सेनको फिल्म ‘बस्तरः द नक्सल स्टोरी’ रिलिज हुनासाथ विवादमा तानिएको छ । छत्तिसगढको नक्सल आतंकमा आधारित अभिनेत्री अदा शर्मा स्टारर यो फिल्मका शो कर्नाटकसहित अन्य राज्यमा धमाधम रद्द हुन थालेका छन् ।

अदालतले अदालाई एक सुचना पनि पठाउने तयारी रहेको छ । अधिकांश स्थानमा फिल्मलाई प्रतिबन्ध गर्ने चर्चा उत्तिकै छ । २ घण्टा ४ मिनेटको यो फिल्ममा नक्सलीको हिंसालाई खुलेर देखाइएको छ । थिएटर तथा दर्शकले फिल्ममा प्रयोग गरिएका केही संवादलाई लिएर आपत्ति जनाएका छन् । उक्त संवादले विवाद सिर्जना सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा प्रयोग गरिएका केही विवादास्पद संवाद र केही राजनेतालाई बदनाम गरेको आरोपमा अदालतले अभिनेत्री अदालाई अदालतमा उपस्थित हुन सूचना पठाउने तयारी गरिरहेको छ ।

फिल्ममा माओवादीको क्रुरतालाई पूर्ण रुपमा चित्रण गराइको छ । फिल्ममा अदा आईपीएस अधिकारीको भूमिकामा छिन् । फिल्ममा अदामाथि निर्दोष आदिवासीहरुलाई फेक इन्काउन्टरमा सहभागिता गराएको आरोप र नक्सली गतिविधिलाई नियन्त्रणको आडमा फैलाइएको अतिक्रमणमा दोषी देखिएको मामला देखाइएको छ ।

फिल्ममा नक्सल गिरोहको मिसन, सीआरपीएफ बटालियनका जवानमाथि झुक्याएर हमला गरेको र उनीहरुको मृत्युदेखि लिएर कैयौं हृदयविदारक दृश्य देखाइएको छ । फिल्ममा हिंसा यति धेरै छ कि फिल्म समीक्षकले कमजोर मुटु भएकालाई फिल्म नहेर्न सल्लाह नै दिएका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ९:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया