सर्वाधिक उचाइमा म्युजिक भिडियो बनाउने लुइँटेल सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरे ।

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा. डिआर उपाध्यायले लेखेका हुन् भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रशंसा गरे । लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वर्ल्ड रेकर्ड प्राप्त गरेको थियो ।
 
लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसकेका छन् । 
 
कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहनुभएका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्याण्ड, कतारमा सम्मानित भइसकेका छन् । एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रिय छन् ।  





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १८:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया