दक्ष खेलाडी उत्पादन हुनेगरी प्रतियोगिता आयोजना गरौँ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रले भक्तपुरमा शुक्रबार आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तर वडाकप ब्याडमिन्टन प्रतियोगिताको लोकन्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीमा खेलेरै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताए । 

मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक कार्य अगाडि बढाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राम्रा एवं दक्ष खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिता आयोजना हुनुपर्ने बताए । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, क्लब मध्यपुरका सञ्चालक अष्ट कवेँलगायतले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २२:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया