आर्सनल पुन: प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल फेरि शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । 

आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक रहेको छ । शनिबार राति आर्सनलाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरे । ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए । 

६२ औं मिनेटमा हार्भाटेजले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो । ८६ औं मिनेटमा ट्रोसान्डले गोल गरेपछि आर्सनल ३–० को सहज जित निकाल्न सफल भयो ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई २–१ गोलको पुनरागमन जित निकाल्यो । एक गोलले पछि परेको वेस्टह्यामले अन्ततः २–१ को जित निकाल्न सफल भयो । पाब्लो सर्वियाको पेनाल्टीबाट वुल्भ्सले अग्रता ३३ औं मिनेटमा लिएको थियो । 

७३ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याएका थिए । ८४ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्टह्यामलाई २–१ ले जिताए ।

वेस्टह्याम ४८ अंकका साथ सातौं स्थानमा रहँदा वुल्भ्स ४२ अंकका साथ ११ औं स्थानमा छ । यस्तै, लुटनले बर्नमाउथमाथि २–१ गोलको जित दर्ता गर्दा न्युक्यासलले फुलह्यामलाई १–० ले स्तब्ध बनायो । एभर्टनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले तीन तीन गोलको बराबरी खेले । 



यस्तै, म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ । 



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ७:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया