आयरल्याण्डलाई छैटौँ झड्का, रञ्चित कुमारलाई दोस्रो सफलता

आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता स्पिनर रञ्जित कुमारले दिलाए । 

उनले ३३.१ ओभरमा केभिन होयलाई १४ रनमा बोल्ड गरे । नेपाललाई पाँचौं र चौथो सफलता तीव्र गतिका बलर रिजन ढकालले दिलाए । उनले ३०.५ ओभरमा कप्तान निल रकलाई एक रन तथा २८.४ ओभरमा मोर्गन टपिङलाई २१ रनमा एल्बीडब्लू धरापमा पारे । आयरल्याण्डको तेस्रो विकेट स्पिनर रञ्चित कुमारले लिए । उनले १६.२ ओभरमा केड कार्माइकललाई ८ रनमा बोल्ड गरे । 

नेपाललाई दोस्रो सफलता अर्का स्पिनर साहब आलमले दिलाए । उनले १३.२ ओभरमा आक्रामक ब्याटर पिजे मूरलाई आउट गरे । मूरले आज २५ बलमा पाँच छक्का र दुई चौकासहित ४४ रनको इनिङ खेले । 

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर विकास आग्रीले दिलाए । उनले ५.३ ओभरमा ओपनर जेम्स म्याकलमलाई ९ रनमा आउट गरे ।​ म्याकलमलाई पवेलियन फर्काउनेक्रममा विकेटकिपर अर्जुन साउदले उत्कृष्ट क्याच पक्रिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस हारेर बलिङमो निम्तो पाएको हो । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । 

आज आरिफ शेख, मौसम ढकाल, कमल सिंह ऐरी र बसिर अहमदलाई विश्राम दिएर अर्जुन कुमाल रञ्जित कुमार, रूपेश सिंह र विकास आग्रीलाई मौका दिएको हो । 

तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो । 



नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी (कप्तान), साहब आलम, रञ्चित कुमार, रूपेश सिंह, रिजन ढकाल र विकास आग्री । 



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ११:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया